२०७७ फागुन २ आइतबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

२ फाल्गुन २०७७, आईतवार ०६:१२

आज मिति २०७७ साल फागुन २ गते आइतबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको १४ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, पूर्वभाद्र नक्षत्र, तृतीया तिथी, सिद्धि योग, तैतिल करण, आज चन्द«मा बिहानको १० बजेर १३ मिनेटबाट मीन राशीमा प्रवेश गर्नेछ, आजको अभिजित मूहुर्त बिहानको ११ बजेर ५६ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहने छ। आजको अमृत समय बिहानकोे १० बजेर ५४ मिनेटबाट १२ बजेर १८ मिनेटसम्म रहने छ। आजको राहुकाल दिउँसोको ४ बजेर २९ मिनेटबाट ०५ बजेर ५३ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।

(१)मेष राशी

दिन शुभ रहने छ, उत्तम कुराहरुको प्राप्ति, धनको वृद्धि वा धन लाभ, मान सम्मान, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने, साथै मित्र तथा भाइ बहिनीहरुको साथ र सहयोग पाइने । भोग विलासमा समय बित्ने, रमाइलो बसिवियाँलो हुने वा मिठो खानपानमा सरीक भइने सम्भावना छ, स्थाई वस्तुहरुको प्राप्ति हुन सक्ने योग छ साथै गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ , आय वृद्धि को बाटो फेला पर्न सक्छ, नयाँ पद वा फरक जिम्मेवारी प्राप्तिको योग छ, प्रेमी जोडीहरुको लागि रमाइलो दिन छ, अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा चल्ने वा कुरा अगाडि बढाउने राम्रो समय आएको छ, व्यापारी वर्गलाई दिन अनुकुल छ, लगानीलाई दिन ठिक छ ।

(२) वृष राशी

दिन राम्रो छ, प्रगतिका अवसरहरु आउने छन्, चिताएका कामहरुमा सफलता पाइने छ , आफ्नो दबदबा बढने वा नयाँ अधिकार प्राप्त हुने, आँटेका गरेका कामहरु बन्ने, धन लाभ हुने, कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने वा अरुले तँपाइको कदर गर्ने, मन उदार र प्रसन्न रहने, सबैसँग मैत्रिभाव  भइ ठूला कार्यहरु सम्पन्न हुनेछन, पारिवारिक खुशी पाइने, पत्नि र सन्तानहरुबाट खुशी प्राप्त हुन सक्ने वा उनीहरुले माया गर्न सक्ने छन् । स्वास्थ्य राम्रो रहने, राज्य संयत्र वा उच्च अधिकारीहरुबाट सहयोग पाइने । नयाँ नयाँ विचार प्रस्फुटन हुने  र आत्मविश्वास बढने छ, कसै कसैलाई बौद्धिक कुराहरुमा वा आध्यात्मिक विषयतर्फ मन जानेछ । धार्मिक क्षेत्र, तथा सत्मार्ग तिर मन जान सक्ने । रमाइलो र मिठो खानपान हुन सक्ने । आज आफनो क्षमता र अधिकारको पूर्ण सदुपयोग गर्नु भएको  खन्डमा कुनै विशेष कार्य वा उद्देश्य पूरा हुने योग छ, गर्भवतिहरुले  भने विशेष सावधानी अपनाउनुहोला ।

(३) मिथुन राशी

दिन आशा गरे अनुसार नहुन सक्छ, कुनै कुराले मन बेचैन गराउने छ, मानसिक तनाव बढने, वादविवाद वा मनमुटाव बढने, धनको अनावश्यक क्षय, अरुबाट पिडा प्राप्त हुने, कष्ट पाइने, परिस्थितीको बन्धनमा बाँधिएको महसुस हुनेछ, उच्चाधिकारीहरुबाट समस्या आउने वा मानभंग हुने खालको अवस्था नआउला भन्न सकिँदैन, कसै कसैलाई पद तथा जिम्मेवारी बाट मुक्त सम्म हुने सम्मको अवस्था आउन सक्छ , सचेत रहनु होला, मेहनत गरे अनुसार फल प्राप्त हुँदैन । मुद्दा मामिला, कानूनी झमेला, सरकारी दन्ड जरिवाना जस्ता प्रतिकुलताहरु आउन सक्छन् । स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु आउन सक्छ । पेटसम्बन्धि कुनै पुरानो रोग छ  भने विशेष सावधान हुनु होला ।

(४) कर्कट राशी

सावधान हुनु पर्ने दिन छ, भय तथा चिन्ता पर्ने, व्यर्थको श्रम, मानसिक तनाव, क्षुद्र रोग बल्झने, आफन्तजनमा कलह तथा मनमुटावको अवस्था आउने, धन हानी वा धनको दुरुपयोग , शारिरिक पीडा, अस्थिरता र अधैर्यता, राजभय, अपमान, मित्र घात, कार्यमा बिध्नबाधा, कष्टदायी भ्रमण दुर्घटना तथा चोटपटक को सम्भावना छ, कुनै उपद्रवकारी  घटनामा मुछिने वा अरुको षडयन्त्रको शिकार हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न, सचेत रहनु होला,

(५) सिंह राशी

दिन सुखद रहनेछ, लाभकारक तथा सुखदायी बसाइ हुने । आर्थिक लाभ, धनको आगमन, द्रव्य वा वस्त्र लाभको सम्भावना छ,  मान सम्मान, प्रशंसा, कदर आदि प्राप्त हुने । पूजा, अनुष्ठान वा अध्यात्ममा रुचि बढने, उत्तम निद्रा तथा विशेष परिकारजन्य भोजन हुने, धनको वृद्धि, स्त्रिवर्गसँग प्रेम, दाम्पत्य सम्बन्ध सुमधुर बन्ने तथा वैवाहिक सुखको प्राप्तिको योग छ,  भाइ अथवा कम उमेरको मानिसबाट लाभ हुने वा उनीहरुले सहयोग गर्नेछन्, स्वास्थ्य उत्तम रहने वा रोगव्याधिको असरमा सुधार आउने, कसै कसैलाई सवारी सुख वा वाहन प्राप्तिको पनि योग बनेको छ, अथवा भोग विलासिता साधन जुटने वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुन सक्ने सम्भावना छ । व्यापार व्यवसायमा साझेदारीको लागि राम्रो दिन छ, लगानीलाई दिन ठिक छ ।

(६) कन्या राशी

दिन प्रसन्न दिने खालको छ, धन तथा सुखको प्राप्ति, शत्रु बाधाबाट मुक्ति मिल्ने, रोग माथि विजय पाइने, प्रेमी वा मनपरेको मान्छेको आगमन हुने वा भेट हुने सम्भावना छ, मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहने छ , सुख सन्तोषको प्राप्ति, रिस गर्नेहरु माथि विजय प्राप्त हुने, महिला वर्गहरुसँग सहकार्य, भेटघाट, वार्तालाप हुने वा उनीहरुबाट लाभ प्राप्त हुने दिन छ, कसै कसैलाइ आज आफनै घरमा बस्नु पर्ने स्थिती पनि आउन सक्नेछ । प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा भने नियन्त्रण राख्नुहोला ।

(७) तुला राशी

दिन अनुकुल नहुन सक्छ, बिध्न बाधाहरुले गर्दा हैरान हुनु पर्ने, निरिह वा विवश  हुनुपर्ने अवस्था आउन सक्छ, मन अशान्त रहने, सोचे गरेका कार्यहरुमा बिध्न बाधाहरु तेर्सिने, बेकारमा दुख पाइने, धन वा कुनै प्यारो वस्तु गुमाउनु पर्ने अथवा अपयशको भागि हुनु पर्ने सम्मको योग देखिएको छ । कुनै विशेष वस्तु वा चाहनाको हकमा धन को अभाव महसुस हुनेछ,  स्वास्थ्यको विषयमा आज हेलचेक्रयाइ नगर्नु होला, वायुको प्रकोप लगायत अन्य कारणले स्वास्थ्य स्थिती खस्कन सक्छ ,सावधान रहनु पर्नेछ । कसै कसैलाई शोक पर्ने, मुडको ठेगान नहुने, झर्किने वा झोक्किने सम्मको अवस्था नआउला भन्न सकिँदैन,  तामसिक भोजन, मासांहार भोजन आज नलिनु होला । अनावश्यक सम्पर्क र बोलचाल र कुनै पनि कुराको आसक्तिबाट आज बच्नु पर्नेछ।

(८) वृश्चिक राशी

दिन प्रतिकुल छ, धन हानी, पारिवारिक तथा मानसिक सुखमा कमी, बन्धु बान्धवलाइ पीडा हुने, मन त्रसित रहने, खानपान तथा निद्रामा असुविधा हुन सक्छ, आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनु पर्ने हुन सक्छ, आज चित्त चन्चल रहने, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइने, आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुने, शारिरिक पिडा, कार्यहरुमा हानीको  योग छ, शारिरिक अस्वस्थता वा कमजोरीले समस्या बल्मिmन सक्छ , श्वासप्रश्वास, छाती वा छातीजन्य समस्या आउन सक्ने भएकोले सावधानी अपनाउनु होला ।

(९) धनु राशी

दिन राम्रो रहनेछ, भाग्यले साथ दिनेछ । पराक्रम बढने, कार्यहरु सफल हुने, आर्थिक पक्षमा सुधार देखा पर्ने, धन, द्रव्य, वस्त्र लाभ वा खरिद हुने, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट लाभ अथवा मान प्रशंसा पाइने, नोकरीमा पदोन्नति वा स्थाननन्तरण वा कामको सिलसिलामा भ्रमण हुने योग छ । स्वास्थय स्थिती राम्रो रहने र दीर्घ रोगिहरुलाई निरोगिता प्राप्त हुने, रिस गर्नेहरु निस्तेज हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, मित्र तथा स्त्रिवर्गबाट सहयोग तथा सुख पाइने, अथवा चिताएको  महिलाको सम्पर्कका आइने,  कसै कसैलाई यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, दाम्पत्य सुख तथा प्रेम सम्बन्धको  लागि समय राम्रो छ । विवाह सम्बन्धि सुखद कुराहरु हुन सक्छन् । समग्रमा मन खुशी हुने खालको दिन रहनेछ ।

(१०)मकर राशी

दिन अनुकुल नहुन सक्छ , मानसिक असन्तोष दिने, आँखा मुख सम्बन्धि समस्या आउने, धन हानी , प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, गृह कलह, मानसिक तनाव, मान सम्मानमा कमी, शत्रु वृद्धि, दन्ड जरिवाना हुन सक्ने, कार्यहरुमा बाधा विलम्ब आउने वा गरेको काम सफल नहुने, रोगव्याधिले सताउने, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिति बन्नेछ । कसै कसैलाई घरबाहिर बस्नु पर्ने अवस्था आउन सक्छ, मनमा कलुषित भावना पलाउन सक्छ। विद्यार्थीहरुलाई पढाइमा मन नलाग्न सक्छ ।

(११) कुम्भ राशी

दिन लाभदायी छ , सकारात्मक विचार र मनोबल उच्च हुनेछ,  चिताएको पुग्ने, मन प्रसन्न हुने, धन लाभ हुने, गरेका कार्यहरुमा विजय प्राप्ति, स्थान लाभ, रोगनाश, मित्र सहयोग, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा शत्रुहरु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन तथा  शैया सुख, आदर सत्कार, मान सम्मान यश प्राप्ति, कुटुम्ब, मित्र तथा सहकर्मीहरुसँग सुमधुर र फलदायी वार्तालाप हुने खालको दिन छ, कसै कसै लाई भने उपहार आदि प्राप्ति हुने तथा स्त्रि सहवासको पनि योग देखिएको छ ।

(१२) मीन राशी

आज मेहनत बढी तर उपलब्धि कम हुने खालको दिन छ, मानसिक खिन्नता हुने, गरेका कार्यहरुमा बाधा आउने, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च हुने, आलस्य वा थकानले पनि सताउन सक्छ, मानसिक अशान्ति, शारिरिक कष्ट, पराक्रममा कमी आउने । आलस्य बढने । खर्चमा वृद्धि । कार्य हानी, धन हानी, पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने, कसै कसैलाई शोक पर्न सक्ने वा विछोडिनु पर्ने पनि हुन सक्छ । हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.