काठमाडौं । नेपाली कांग्रेसले उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आयात–निर्यात सहज बनाउनका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ ।
चीनबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमानाकाहरूमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यकता भएपनि अहिलेसम्म नाका सहज नहुनु दुःखद् भएको कांग्रेसको भनाइ छ ।

केरुङ नाका अघिल्लो वर्ष माघ १५ देखि यो वर्षको असार २७ सम्म पूर्ण रूपले बन्द भएको थियो । त्यसपछि सामान ढुवानी आंशिक खुला गरिएकोमा हाल दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र परेको बताइएको छ ।
यसबाट एकातर्फ नेपाली व्यवसायीहरू मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com