केहि तस्बिरहरु (फागुन ३, २०७७)

३ फाल्गुन २०७७, सोमबार १७:२७
खोप लगाउँदै पत्रकार: कोरोना विरुद्धको खोप लगाउँदै पत्रकार । खोप लगाउन भीम अस्पताल भैरहवामा लामवद्ध पत्रकार, जनप्रतिनिधि र कर्मचारी । तस्वीर ः नरेश केसी

प्रगती सार्वजनिक: प्रदेश २ सरकारको तीन वर्षको प्रगती सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत । साथमा प्रदेश सरकारका अन्य मन्त्रीहरु । तस्वीर ः अजयकुमार साह

पत्रकार सम्मेलन: नेपाल प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत । तस्वीर ः तिलकराज ओझा

नयाँ बसपार्क–कुलेश्वर करिडोर कालोपत्रे: काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्म कालोपत्रे गरिएको विष्णुमति करिडोर । उक्त करिडोर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको रु १३ करोड ४९ लाखमा कालोपत्रे गरिएको हो । तस्वीर ः अच्युत रेग्मी

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.