काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । प्रदेश न १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।
त्यस्तै गण्डकी तथा बाग्मती प्रदेशको मौसामा पनि आंशिक बदली रभएको छ । देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं १ को मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।
देशका बाँकी पहाडी भू-भागका धरैजसो स्थानहरुको मौसममा आंशिक बदलीको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com