एजेन्सी, फागुन ३ । निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको म्यानमारको सेनाले विपक्षीप्रति थप कडा हुने संकेत प्रस्तुत गरेको छ ।

म्यानमारका अधिकांश शहरमा बख्तरबन्द गाडी तैनाथ भएका छन् । सेनाले इन्टरनेट लगभग पूर्ण रुपमा बन्द गरेको छ । नेपाली समय अनुसार आइतबार राति सवा १२ बजेदेखि सेनाले इन्टरनेट लगभग पूर्ण रुपमा बन्द गरेको हो ।

नेतृ आङ साङ सूकीसहितलाई पक्राउ गरि सेनाले फेब्रुअरी १ मा सत्ता हत्याएको हो । त्यसपछि विरोधमा सर्वासाधारण, पेशाकर्मी, भिक्षुसहित विरोधमा उत्रिएका छन् ।
आइतबार लगातार नवौँ दिन विरोध प्रदर्शन भयो । सुरक्षाकर्मीले उत्तरी राज्य काचिनमा प्रदर्शनकारीमाथि गोली चलाएको स्थानीय स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । देशभर सेना विरुद्ध प्रदर्शन हुँदै आएको छ ।

विरोध बढ्दै गएपछि सेनाले हतियारले सुसज्जित गाडीसहित सडकमा तैनाथी बढाएको हो । संयुक्त राष्ट्रसंघका एक अधिकारीले सेनाले नागरिक विरुद्ध ‘युद्ध’ को घोषणा गरेको आरोप लगाएका छन् ।
म्यानमारका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत टम एन्ड्रयुजले सैनिक जनरलहरुले अति हतास व्यवहार देखाउन थालेको र उनीहरुले मूल्य चुकाउनु पर्ने बताएका छन् ।
पश्चिमा देशका दूतावासहरुले सेनालाई संयम अपनाउन आग्रह गरेका छन् । युरोपियन युनियन (इयू), अमेरिका र बेलायतले हस्ताक्षर गरेको वक्तव्यमा प्रदर्शनकारीमाथि हिंसाको प्रयोग नगर्न र संयमता अपनाउन आग्रह गरिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com