बढैयाताल र रानीतलाउ पर्यटकीय गन्तव्य बन्दै


बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रुपमा विस्तार गर्ने उद्देश्यले हाल धमाधम काम भइरहेको छ । यो ताललाई सरकारले पर्यटकीय गन्तत्वका रुपमा समेत सूचीकृत गरेको छ । मुलुकभरका २०० पर्यटकीय गन्तव्यमा यो ताल पनि पर्न सफल भएको छ ।

बढैयाताल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीले पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ । तालमा पिकनिक रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, भ्युटावर निर्माण भइसकेका छ भने थप संरचना निर्माणको काम पनि योजनामा परेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।

बढैयाताल बर्दियाको सबैभन्दा ठूलो तालका रुपमा रहेको छ । बाहै महिना तालमा पानी जम्मा भइरहने तालको मुख्य विशेषता हो । विभिन्न थरीका माछा, कमलको पूmल, घाँसेमैदान, चराचुरुङ्गीको बासस्थानले ताललाई थप आकर्षक तथा रमणीय बनाएको छ । यसका साथै ताल क्षेत्रमा अरबियन सागरबाट चराहरू आउने भएकाले यसको आकर्षण अभैm बढेको छ । बढैयातालकै नामबाट गाउँपालिकाको नाम पनि बढैयाताल राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

केही वर्षअघि सम्म तालमा ठेक्कामा माछापालन हुँदै आएको थियो । माछापालनले गर्दा तालको विकास पछि पर्दै गएको थियो । गाउँपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि अहिले तालको विकासले फड्को मारेको देखेर स्थानीयवासी पनि खुशी भएको बढैयागाउँका स्थानीयवासी मेहिलाल थारू बताउनुहुन्छ ।

यो ताल गाउँपालिका–५ र ४ का बीचमा रहेको छ । ताल क्षेत्रमा थारू समुदायको बाक्लो बस्ती छ । थारू समुदायको पहिचानसँगै बढैयातालको इतिहास पनि जोडिएको छ । बढैयातालको विकाससँगै तालमा थारू सङ्ग्रहालय बनाउने योजनाले स्थानीयवासीको चासो झन् बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यसैगरी, नेपालगञ्जको ऐतिहासिक रानीतलाउ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशकअघि सम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनर्निर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेहरूको सङ्ख्या बढदै गएको छ ।

स्थानीय तह गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरूपमा विकसित गर्दै लगिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँका अनुसार, उपमहानगरपालिकाको करीब रु २५ लाखको लागतमा पुनर्निर्माण गरेको पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope