नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।
विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान पठाइदिने भनेर ठगी गर्ने गिरोह नै सक्रिय भएको भन्दै प्रलोभनमा नपर्न प्रहरीले आग्रह गरेको छ ।
सामान सस्तो मूल्यमा छ भनी विज्ञापन गरेर पैसा जम्मा गर्न लगाएर बैंकमार्फत वा आईएमई गरेर पैसा माग्ने गरेको फेला परेको प्रहरीले जनाएको छ । लोभमा परेर धेरै मानिस ठगिएकाले त्यस्ता गतिविधिप्रति सचेत हुन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले आग्रह गर्नुभयो ।
रकम जम्मा गरेपछि सामान आइपुग्ने भनेर आश्वासन दिने र रकम प्राप्त भएपछि गिरोह बेपत्ता हुने गरेको पाइएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले विभिन्न व्यक्तिबाट परेको जाहेरीका आधारमा केही बैंकका खातावाहकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
प्रहरीले एक सूचना जारी गरी बजार मूल्यभन्दा कममा सामान पाइने भन्दैमा सामाजिक सञ्जालमा प्रकाशित नक्कली विज्ञापनलाई विश्वास गरी कारोबार नगर्न पनि सबैमा अनुरोध गरेको छ ।
RSS
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com