मुसहर बस्तीमा सुधारिएको चुलो


पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका–७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको हो ।

सपना भिलेज सोसल इम्प्याक्ट सौराहा र बाघमारा मध्यवर्ती सामुदायिक वनले संयुक्तरूपमा ४२ परिवारलाई सुधारिएको चुलो वितरण गरेका हुन् । तीनवटा दाउराले दाल, भात र तरकारी सजिलै पकाउन सकिने सजिलो चुलो मुसहर समुदायलाई प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । मुसहर बस्तीमा आयोजित कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेती, इम्प्याक्टका अध्यक्ष गिरी र बाघमारा सामुदायिक वनका अध्यक्ष जीतु तामाङले संयुक्तरूपमा मुसहर महिलालाई चुलो हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा वनका अध्यक्ष तामाङले दाउराको प्रयोग गरेर खाना पकाउँदा महिलाको स्वास्थ्य तथा बस्ती नै कुरूप बन्दै गएकाले सुधारिएको चुलो प्रदान गरिएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायतको सहभागिता रहेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope