सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकास्थित पञ्चनगर स्वास्थ्य चौकीको आज भवन शिलान्यास गर्दै मन्त्री त्रिपाठीले फागुन २३ गतेदेखि खोप केन्द्रहरुमार्फत कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिँदै ६० वर्षमाथिका सबैलाई खोप लगाउन आग्रह गर्नुभयो । उहाँले आजै १० लाख खोप डोज नेपाल भित्रिएको जानकारी पनि दिनुभयो ।

मन्त्री त्रिपाठीले कतिपय विकसित देशले समेत पैसा तिरेर पनि कोरोना खोप पाउन नसकिरहेको उल्लेख गर्दै आफूहरुको विशेष पहलबाट खोप प्राप्त गर्न सफल भएको बताउनुभयो । “कोरोना खोप अब स्वास्थ्य सामग्रीका रुपमा मात्र नभई राजनीतिक सामग्रीका रुपमा विश्वव्यापी भएको छ”, उहाँले भन्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री त्रिपाठीले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने गरी दाउन्ने खण्डको विकल्पमा संसारकोट–दुम्किबास सडक निर्माणका लागि केन्द्रीय योजनाका रुपमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो । सो सडकका लागि बजेट विनियोजन भई काम शुरुआत भइसकेको उहाँले जानकारी दिनुभयो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com