जन्मजातै तथा विभिन्न दुर्घटनाका कारण अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलसँगै जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्यका साथ ह्विलचियर वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय पोखराद्वारा नेपाल अपाङ्ग पुनःस्थापना समाज काठमाडौँको सहयोगमा १२ अपाङ्गता भएका व्यक्तिलाई निःशुल्करुपमा ह्विलचियर वितरण गरिएको हो ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गर्दै संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरेको बताउँदै उपगोगका लागि आत्मबल बढाएर अघि बढ्नुपर्ने बताउनुभयो । मुलुकका तीनै तहका सहकारमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व न्यून रहेको उल्लेख गर्दै उहाँले शारीरिक अपाङ्गता भए पनि बौद्धिक सपाङ्गताको उच्च मूल्याङ्कन गर्दै उनीहरुलाई अधिकारसहितको अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

“राज्यले फरक क्षमता भएका व्यक्तिको अवसरका लागि विभिन्न आयआर्जनका कार्यक्रम सञ्चालन गर्न ठूलो रकमको व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “त्यस्ता कार्यक्रममार्पmत सीप, ज्ञान आर्जन गरी उत्पादनसँग जोडिनु पर्दछ ।” नेपाल अपाङ्ग पुनःस्थापना समाज काठमाडौँका केन्द्रीय उपाध्यक्ष सुमन भट्टराईले शारीरिक अपाङ्गता भएका व्यक्तिको लागि ह्विलचियर महत्वपूर्ण सहयोगी सामग्री भएको बताउँदै अमेरिकन संस्था लेटरडे साइन्ट च्यारिटिसको सहयोगमा नेपालका विभिन्न ६२ जिल्लामा २० हजारभन्दा बढी ह्विलचियर निःशुल्क वितरण गरेको जानकारी दिनुभयो ।
बढी बल खर्च र चलाउनु पर्ने स्थानीयस्तरमा उत्पादन गरेको ह्विलचियरमा बदामको व्यापार गर्दै आउनुभएको पोखरा–९ शिवटोलका ५६ वर्षीय जीवन गिरीलाई भियतनाममा बनेको सुविधायुक्त तीनपाङ्ग्रे तराई साइकल हस्तान्तरण गरिएको बताउँदै उहाँले भन्सारबाहेक रु ७० हजार मूल्यको सो ह्विलचियर पोखरामा पहिलोपटक भित्रिएको बताउनुभयो ।
संस्थाले आजै पोखरामा सात जनालाई स्पोर्ट ह्विलचियर वितरण गरेको बताउँदै भट्टराईले भन्नुभयो सामाजिक सेवामा समर्पित संस्थाले गण्डकी प्रदेशमा मात्र १०० भन्दा बढी सहयोगी सामग्री वितरण गरिसकेको छ । नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर बागदास पन्तका अनुसार ग्रामीण क्षेत्रमा घरको रातोमाटो दलिएर कस्टकर जीवन बिताउन बाध्य ८७० अपाङ्गता भएको व्यक्तिलाई ह्विलचियरको सहायताले आँगनसम्म झारेर संसार देखाउन सफल भएको जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय समाजसेवी दामोदर शर्मा, गापी तुलाचन, प्रकाश शर्मा, फलफूल तथा तरकारी व्यवसायी सङ्घ कास्कीका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, सामुदायिक प्रहरी कास्कीका सदस्य प्रेम पहारी, रुपा केसीलगायतले अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्रीका साथै आयआर्जन गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
RSS
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com