लालझाडी गाउँपालिकाका व्यवसायिक रुपमा उखु खेती गर्ने किसानलाई आधुनिक कृषि यन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमुना कृषि गाउँमा आवद्ध किसानलाई कृषि यन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो ।

कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई कृषि यन्त्र र उपकरण अनुदानमा वितरण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बताउनुभयो ।
उहाँका अनुसार किसानलाई पावर टिलर, मिनि टिलर, रेजर, रोटाभेटर, सिँचाइका लागि पम्पसेटलगायत उपलव्ध गराइएको छ । यसका अतिरिक्त बीउविजन, बिषादी, रसायनिक मलसमेत किसानलाई उपलव्ध गराइएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com