वाग्मती प्रदेशको राजधानी मकवानपुर जिल्लाको हेटौँडामा अवस्थित हेटौँडा अस्पताल आजभोलि सर्वसाधारणको उपचार सेवाका लागि सबैमाझ लोकप्रिय बन्दै गएको छ । अस्पतालले पछिल्लोपटक आफ्नो सेवामा व्यापक सुधार गरी गुणस्तरीय सेवा प्रवाह गर्दैै आएपछि सेवा लिन जाने बिरामीका लागि हेटौँडा अस्पताल लोकप्रिय बन्दै गएको हो ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको विशेष पहलमा अस्पतालमा हाल कार्यरत निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा करीब साढे दुई वर्षअघि डा प्रवीण श्रेष्ठलाई काज सरुवा गरी हेटौँडा अस्पताल ल्याइएको थियो । डा श्रेष्ठको यस हेटौँडा अस्पतालमा दरबन्दी नभए पनि मुख्यमन्त्री पौडेलको पहलमा डा श्रेष्ठलाई हेटौँडा अस्पतालमा ल्याएपछि श्रेष्ठको नेतृत्वमा अस्पतालको सेवाले व्यापक गुणात्मक सुधार पाएको छ ।

सीमित स्रोतसाधन परिचालन गरी डा श्रेष्ठको नेतृत्वमा अहिले अस्पतालले आफ्नो उपचार सेवाको मुहार नै फेरिएको छ । सकारात्मक सोच राख्यो र त्यही अनुसार ग¥यो भने सम्भव छ भन्ने मान्यता राख्ने डा श्रेष्ठको अगुवाइमा अहिले हेटौँडा अस्पतालले उपचार सेवामा आउने सबैको मन जित्न सफल भएको छ । अस्पतालको सेवा प्रभावलाई चुस्तदुरुस्त राख्न सफल डा श्रेष्ठले आफू पनि उत्कृष्ट काम गर्ने र सबै कर्मचारीलाई पनि उचित व्यवस्थापनसहित उत्कृष्ट काम गर्न लगाउने गर्नु भएको छ । अस्पतालको नियमित उपचार सेवाबाहेक विभिन्न प्रक्रियाका जटिल रोगको शल्यक्रियासमेत गर्ने गरिन्छ ।
शल्यक्रिया गरेर अस्पतालको श्ययामा रहेका शल्यक्रिया गरेको बिरामीलाई आवश्यकताअनुसार चिकित्सकले भिडियो प्रविधिमार्फत बिरामीसँग कुराकानी गर्न सक्ने गरी प्रणाली जडान छ । शल्यक्रिया गरेको बिरामीको स्वास्थ्य अवस्था कस्तो छ बिरामीको शारीरिक अवस्थाबारे शल्यक्रिया गरेका चिकित्सकले आवश्यकताअनुसार बिरामीलाई भिडियो प्रविधिबाट समेत कुराकानी गर्न मिल्ने गरी व्यस्थापन गरिएको छ ।
यसबाहेक यस हेटौँडा अस्पतालमा प्रयोगशालाको रिपोर्ट इमेल सुविधामार्फत घरमै हेर्न सकिने गरी व्यवस्था मिलाएको छ । प्रयोगशालामा परीक्षण गर्नुपर्ने विषयको ९दिसापिसाब रगत नमूना प्रयोगशाला कक्षमा दिएपछि रिपोर्ट आएपछि बिरामीको इमेल ठेगानामा उक्त रिपोर्ट पाउने गरी व्यवस्थापन मिलाइएको छ । डा श्रेष्ठले प्रतिक्रिया दिँदै बिरामीलाई निको पार्ने सबैभन्दा महत्वपूर्ण विषय अस्पतालको व्यवस्थापकीय पक्ष जसले अस्पतालमा आउने बिरामीलाई पु¥याउने सेवा हो हामीले बिरामीलाई सकेसम्म राम्रो सेवा दिने सङ्कल्प अस्पतालले लिएको जानकारी दिनुभयो ।
हेटौँडा अस्पतालमा बालरोग विशेषज्ञ, सर्जरी विशेषज्ञ, हड्डी रोग विशेषज्ञ, महिला रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, फिजियोलोजिष्टलगायतका विविध रोगका विज्ञ चिकित्सक रहेका छन् । अस्पतालको सेवा थप विस्तारका लागि आवश्यकतानुसार कर्मचारी, राजनीतिक हस्तक्षेप पूर्णरुपमा बन्द हुनुपर्ने, सबै कर्मचारीको बीमाको व्यवस्था हुनसके सेवा प्रभाव अझै सुधार आउने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट श्रेष्ठ बताउनुहुन्छ ।
सरकारी मान्यताअनुसार ५० श्ययाको यस हेटौँडा अस्पतालमा हाल उचित व्यवस्थापनसहित १२० श्यया सञ्चालनमा रहेको छ । यस हेटौँडा अस्पतालमा मकवापनुर जिल्लासहित बारा, पर्सा र चितवन जिल्लावासीले समेत नियमितरुपमा सेवा लिँदै आएका छन् । बिरामीको नियमित उपचारबाहेक हेटौँडा अस्पताललले विभिन्न जटिल प्रकृतिका नाक, कान, घाँटी, हड्डी, पत्थर, आन्द्रा, पाठेघरलगायतका उचित शल्यक्रियासमेत यस अस्पतालबाट सेवा प्रभाव गर्ने गरिन्छ ।
वाग्मती प्रदेश सरकार मातहत हेटौँडा अस्पताल आएपछि अस्पतालमा व्यापक सेवा सुधारसँगै परिवर्तन आएको छ । बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ डाक्टर तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न गरेको छ । हेटौँडा अस्पतालमा डा श्रेष्ठ आउनुभन्दा अघि करीब रु ६२ लाख बक्यौता तिर्न बाँकी रहेको आर्थिक अवस्थालाई सुधार गरी हाल करीब रु ७२ लाख अस्पतालको खातामा सङ्कलन गरिएको अवस्था छ ।
यस अस्पतालको सेवा पूर्णरुपमा गर्न सकिने वार्षिकरुपमा रु १० करोड ५० लाख आम्दानी भई रु नौ करोड ३० लाख खर्च भई वार्षिक रु एक करोड २९ लाख मुनाफा गर्न सकिने अवस्था डा श्रेष्ठको भनाइ छ । अस्पतालमा नेपाल सरकारको निकै कम अस्पतालमा हुने कल्चर परीक्षण सेवासमेत यस हेटौँडा अस्पतालमा हुने गर्दछ । हेटौँडा अस्पतालमा पछिल्लो पटक सघन उपचार कक्ष ‘सघन उपचार कक्ष’ र भेन्टिलेटरसमेत सेवा विस्तार भएका छन् । यस अस्पतालमा ५२ जना मेडिकल अफिसरसहित २१० कर्मचारी कार्यरत छन् ।
हेटौंँडा १७–१८ जोड्ने सडक कालोपत्र
वाग्मती प्रदेशको राजधानी हटाँैडा उपमहानगरपालिकाअन्तर्गत हेटौँडा उपमहानगर १७ र १८ जोड्ने सडकलाई कालोपत्र गरिएको छ । रु दुई करोडको लागतमा हेटौँडा उपमहानगरपालिकाले यस क्षेत्रमा एक हजार ५९० मिटर सडकमा कालोपत्र नगर प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।
वर्षौंदेखि यस क्षेत्रमा कालोपत्र सडकको विस्तार गर्न माग गर्दै आएका हेटौँडा उपमहानगर १७ र १८ का बासिन्दालाई ध्यानमा राखेर ठूलो लगानीमा सडकमा कालोपत्र गरिएको प्रमुख महतले बताउनुभयो । गुवाबारीदेखि मजुवासम्मको सडकमा कालोपत्र गरिएको हो । छ मिटर चौडाइ रहेको यस सडक ठेक्कामार्फत निर्माण गरिएको थियो ।
पाँच जिल्ला अस्पताललाई एम्बुलेन्स प्रदान
वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न पाँच जिल्ला अस्पताललाई सुविधा सम्पन्न ‘ख’ वर्गको एम्बुलेन्स प्रदान गरेको छ । यसरी एम्बुलेन्स प्राप्त गर्नेमा मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र सिन्धुली जिल्ला अस्पताल रहेका छन् ।
मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरीद गरेका एम्बुलेन्स प्रदेशका पाँच अस्पताललाई एम्बुलेन्स प्रदान गरेको हो । आपूर्ति व्यवस्थापन केन्द्रले पहिलोपटक सुविधा सम्पन्न ‘ख’ वर्गको एम्बुलेन्स जिल्ला अस्पताललाई प्रदान गरेको जनाइएको छ ।
वाग्मती प्रदेशअन्तर्गत विभिन्न जिल्लामा जिल्ला अस्पतालको भवन निर्माणको क्रम जारी रहेकाले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिले उपलब्ध गराइएका पाँच एम्बुलेन्सको लागत रु एक करोड ४६ लाख रहेको छ ।
RSS
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com