बग्दाद, १९ फागुन (रासस–एएफपी) –– पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ ।
इराकमा सक्रिय इस्लामिक स्टेट समूहविरुद्धको कारबाहीमा इराकी सेनालाई सघाउन अमेरिकी नेतृत्वमा अइन अल–असद सैन्य अखडामा अमेरिकी र इराकी सेना रहेका छन् ।

अमेरिकी सेनाका प्रवक्ता कर्णेल वाइने मारोटोले बिहान ७.२० बजे सैन्य शिविरलाई लक्षित गरी १० वटा क्षेप्यास्त्र प्रहार भएको पुष्टी गर्नु भयो ।
इराकी सुरक्षा स्रोतले क्षेप्यास्त्रहरु इरानमा निर्मित अराश मोडेलका रहेको बताएको छ । यी क्षेप्यास्त्रहरु १२२ एमएम आर्टिलरी रकेट र केही भारी किसिमका रहेका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com