जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् ।
फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिनुभयो । “घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो”, उहाँले भन्नुभयो, “घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ ।”

बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उहाँले बताउनुभयो । उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उहाँले बताउनुभयो ।
उनको स्वभाव अलि घमण्डी रहेको परिवारले बताएको छ । गहुँगोरी र रातो ज्याकेट लगाएको हुनाले भेट्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनसमेत परिवारले आग्रह गरेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com