सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद


बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ ।

यस वर्षको वसन्तकालीन याममा सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली आगामी चैत २ नेपाल विशेष विमानबाट आउँदै गरेको बहराइन, मनामास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालका लागि बहराइनका राजदूत पदम सुन्दाससँग बिहीबार उहाँकै कार्यकक्षमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन् ।

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहेको आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकमार्फत भइरहेको छ ।

टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले आफूहरु राजकुमारसहितको टोलीको स्वागतको पर्खाइमा रहेको तथा आरोहण अनुमतिका लागि पर्यटन विभागमा आवश्यक पहल थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार राजकुमारसहितको आरोही टोली नेपाल आएर सात दिनको होटेल क्वारेन्टिनपछि गोरखाको सामागाउँ गएर पाँच दिन बस्ने र काठमाडौँ फर्केर सगरमाथाको आधार शिविर प्रस्थान गर्ने कार्यक्रम छ ।

अहिले शेर्पाको कम्पनीमार्फत वसन्तकालीन यामका लागि ८० विदेशीसहित २५० आरोहीले सगरमाथा आरोहणको तयारी गरिरहेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope