महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ


महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ ।

पशुपति क्षेत्रलाई फोहोरमुक्त बनाउन वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज बिहान राममन्दिर अघि सफाइ गरिएको हो । सफाइबाट १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भानुभक्त ढकालको समेत उपस्थिति थियो ।

सफाइ अभियानपछि मन्त्री ढकालले महाशिवरात्रिका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा राख्नुपर्नेमा जोड दिनुभयो । महाअभियानका प्रमुख अभियान पूर्वमुख्य सचिव लीलामणि पौडेल, शहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा, पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य देवीप्रसाद बराल, सफाइ अभियानकर्मी एवं कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डे, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकार, महानगरपालिका–८ का जनप्रतिनिधिलगायत कोषका कर्मचारी एवं अभियानकर्मी गरी ४०० भन्दा बढीको सक्रियता थियो ।

महाशिवरात्रिपछि फागुन २९ गते शनिबार पुनः पशुपतिनाथ मन्दिरको राममन्दिर प्राङ्गणमा सरसफाइ गरिने अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथको उत्तर पश्चिमी भागमा पनि सफाइ गरिएको छ । विष्णुमती नदी माथिल्लो भाग सफाइको २७औँ हप्तामा त्यस क्षेत्रमा सफाइसहित नदी किनारमा फोहोर फालेमा कानूनी कारवाहीको दायरामा ल्याइने जानकारी गराइएको अभियानकर्मी रामकुमार श्रेष्ठले बताउनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत परे पनि निरन्तर हुँदै आएको छ । महाअभियान शुरु भएपछि वाग्मतीका सहायक नदी पनि सफाइ गर्न थालिएको छ । उपत्यकाबाहिर पनि मुख्य शहर, नदी गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

वाग्मती सफाइ महाअभिायनका विषयमा छलफल गर्न आज दिउँसो ४ बजे महानगरपालिका–११ विशेष बैठक बस्ने जनाइएको छ । बैठकमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत वाग्मती किनारका सबै शिवालयमा सफाइ गर्ने विषयमा छलफल गरिने जनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope