हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २० गतेदेखि अन्धकारमा बस्दै आएका हुन् ।
रुख ढलेर जलविद्युत्को नहर भत्किँदा मर्मत गर्न समय लाग्ने भएकाले गाउँपालिकाका नागरिक अन्धकारमा बस्दै आएका छन् । क्षतिबाट अवरुद्ध भएको नहर मर्मतका लागि फागुन २२ गतेदेखि २० स्थानीयवासीलाई काममा खटाइएको विद्युत् कार्यालयका सहयोगी हरीकृष्ण जैसीले जानकारी दिनुभयो ।

एक हप्ताभित्र विद्युत् सेवा आपुर्ति गर्नका लागि नहर मर्मतमा यहाँका स्थानीयवासी लागी परेका छन् । रुख ढलेर करिब १० मिटर नहर भत्किएको छ । तीस किलोवाट क्षमता रहेको विद्युत् प्रसारणको नहरमा ठूलो पानी आएका कारण रुख ढलेर क्षति भएको हो । विद्युत अवरुद्ध हुँदा वडा तीनको गोरापाली र ढकानीकुनाका नागरिक सहित वडा नं ४, ५ र ६ का पूरै बस्ती अन्धकार भएको छ । विद्युत प्रसारण लाइनमा भने कुनै समस्या नभएको बताइएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com