हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ ।
दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले जानकारी दिनुभयो । असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवालाई पनि क्षति पु¥याएको उहाँले बताउनुभयो ।

असिनासँगै केही बेर मेघगर्जनका साथ पानी परेपछि दुलेगौडा हुँदै साँखे जाने मोटरबाटोअन्तर्गत ढोरफिर्दीस्थित बराहखोलामा पानी बढेपछि झण्डै एक घण्टा सवारीसाधन आवतजावत पनि ठप्प भएको अर्की स्थानीय सुष्मा पोखेरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोलामा पानी बढेपछि विद्यार्थी लिएर फर्केका स्कूल बससमेत झण्डै एक घण्टासम्म रोकिनुपरेको थियो । ठूलो पानी पर्नुका साथै वर्षात्को समयमा बराह खोला बढ्दा सवारीसाधन नै रोकिनुपर्ने समस्याबाट सर्वसाधारण समय–समयमा ग्रसित बन्ने गरेको उल्लेख गर्दै उहाँले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । दुलेगौँडाबाट ढोरफिर्दी हुँदै मान्द्रे, छब्दीदेउराली, साँखे, राइपुर, मग्यम चिसापानी, सालडाँडालगायतका स्थान जाने बाटो यही भएका कारण बराहखोलामा तत्काल मोटरेबल पुल हाल्नुपर्ने देखिएको स्थानीयवासीले बताए ।
RSS
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com