गौरव भट्टराईको लेख ‘उत्कृष्ट’

२६ फाल्गुन २०७७, बुधबार ०५:४९

प्रधानसेनापति पूूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षा र सामरिक महत्वका लेखको सङ्ग्रह ‘युनिटी जर्नल’ भाग दुुई संस्करण आज लोकार्पण गर्नुुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले जर्नलका उत्कृष्ट लेखकलाई नगद पुुरस्कार र प्रमाणपत्र प्रदान गर्नुुभयो ।

जर्नलमा प्रकााशितमध्ये गौरव भट्टराईको ‘जीओपोलिटिकल रिल्फेक्शन अफ सिनो–इन्डियन कन्ल्फिक्ट एण्ड इटस् इम्प्लिकेशन अन नेपालस् सरभाइभल स्ट्राटेजी’ शीर्षकको लेख सर्वाेत्कृष्ट घोषित भएको थियो । लेखक भट्टराईलाई प्रधानसेनापति थापाले रु दुई लाख नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगीतामा फणीन्द्र सुुब्बाको ‘नेपालस् सरभाइभल स्ट्राटेजिज् ड्युरिङ द शाह इरा’ दोस्रो तथा आनन्दसिंह भाटको ‘थ्योरिज अफ नेशन विल्डिङ : एन एनालाइसिस फर एकाडेमिसियन्स् एण्ड नेशन ब्युल्डर्स टू इम्प्लोइ नेपाली आर्मी’ शीर्षकको लेख तेस्रो घोषित भयो । यी लेखका लागि क्रमशः रु एक लाख ५० हजार र रु एक लाख नगद पुुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

उक्त जर्नलमा २२ वटा अङ्ग्रेजी र सात नेपाली भाषामा लेखिएका लेख समावेश गरिएका छन् । नेपाली सेनाले अघिल्लो वर्षदेखि खुुल्ला प्रतियोगिताका लागि लेख आह्वान गरी शिवरात्रिका अवसर पारेर जर्नल प्रकाशन गर्न थालेको हो । प्रतियोगीताका लागि प्रारम्भमा १३९ लेखकले इच्छा जाहेर गरेकामा तोकिएका मापदण्ड पूरा गरेर प्राप्त ४० लेखमध्ये २९ लेख जर्नलमा प्रकाशित गरिएको छ ।

जर्नलमा प्रकाशित लेख निकट भविष्यमा स्थापना हुने प्रतिरक्षा विश्वविद्यालयका लागि पाठ्य सामग्रीका रुपमा समेत समावेश गरिने बताइएको छ । गैरसैनिक व्यक्तिलाई समेत सहभागिता गराई प्रकाशन गरिएको जर्नलले सैनिक नागरिक सम्वन्ध सुधारमा समेत योगदान पुुग्ने सेनाले विश्वास लिएको छ ।

सो अवसरमा सैनिक तालीम तथा डक्ट्रिन निमित्त महानिर्देशक उपरथी बालकृष्ण कार्की र प्राध्यापक धुुव्र कार्कीले राष्ट्र, राष्ट्रियतालगायत सामरिक महत्वका विषय समेटिएर लेखिएका लेखबाट मुलुुकको इतिहास बुुझ्न सहज हुने बताउनुुभयो । समारोहमा रक्षा सचिव रेश्मीराज पाण्डेले जर्नलमा समावेश अरु लेखका श्रष्टालाई पुुरस्कार र प्रमाणपत्र तथा उपरथी कार्कीले प्रतियोगीतामा सहभागी लेखकलाई कदरपत्र प्रदान गर्नुुभयो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.