बेगनास सिँचाइलाई उत्पादनसँग जोड्नुपर्ने


बेगनास जल उपभोक्ता संस्थाको १५ औँ वार्षिक साधारण सभाका अवसरमा बेगनास सिँचाइलाई व्यवस्थित गर्दै उत्पादनसँग जोड्नुपर्नेमा जोड दिइएको छ । बेगनास सिँचाइ आयोजनाअन्तर्गत करिब ५८० हेक्टर क्षेत्रफलमा पाँचवटा शाखाबाट वितरित पानी पोखरा महानगरपालिकाका २९, ३०, ३१ र ३२ वडाका विभिन्न क्षेत्रमा किसानले उपभोग गर्दै आएका छन् ।

पोखरा महानगरपालिकाका विभिन्न वडा क्षेत्रमा सिँचाइ भइरहेको बेगनास सिँचाइलाई व्यवस्थित गर्दै सर्वसाधारणलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै शुक्रबार आयोजित कार्यक्रमका वक्ताले नहर क्षेत्रमा रहेका अनियन्त्रित संरचनालाई व्यवस्थित गर्दै अघि बढ्नुपर्ने बताए । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका अध्यक्ष दीपक कोइरालाले बेगनास सिँचाइलाई व्यवस्थापन गर्दै उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नहर क्षेत्रका अनियन्त्रित संरचनाको व्यवस्थापन गर्दै दीर्घकालीन योजनाका साथ अघि बढ्न सकेमा उत्पादनसँगै स्थानीयको आयआर्जनमा समेत वृद्धि गर्न सकिने उहाँले बताउनुभयो । सिँचाइ डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले क्षतविक्षत र अतिक्रमित नहरलाई व्यवस्थित गर्नेतर्फ स्थानीय उपभोक्ता जागरुक बन्नुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष पुष्पराज भण्डारीले संस्थाका तर्फबाट भइरहेका गतिविधिबारे प्रकाश पार्नुभयो भने कोषाध्यक्ष परशुराम पण्डितले वार्षिक आयव्यय विवरण र सचिव विश्वराज लामिछानेले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा संस्थाको विकासमा योगदान गर्नुहुने पूर्वअध्यक्ष अक्कलबहादुर कार्की, कर्मचारी जगबहादुर पुनमगर, सदस्य झवबहादुर पुनलाई कदरपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope