गाउँगाउँमा भिडियो एक्स–रे सेवाः गर्भवतीमा खुशीयाली


–खेमराज गौतम

बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्स–रे सेवा दिन थालेको छ ।

गर्भावस्थामा अनिवार्य भिडियो एक्स–रे आवश्यक भए पनि गाउँमा भिडियो एक्स–रे सेवा नहुँदा सदरमुकाम धाउन पर्ने अवस्थालाई हेरेर जैमिनी नगरपालिकाले गाउँगाउँमा भिडियो एक्स–रे सेवा दिन थालेको हो । स्वास्थ्यकर्मीले तीनपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ भने पनि सचेतनाको अभाव, भौगोलिक विकटता र स्वास्थ्य संस्थामा सहज पहुँच अभावका कारण गर्भवती अवस्थामा स्वास्थ्य मापदण्डअनुसार भिडियो एक्स–रे गर्ने र गर्भजाँच गराउनेको सङ्ख्या न्यून रहेको भन्दै जैमिनी नगरपालिकाले गाउँमै पुगेर भिडियो एक्स–रे सेवा दिन थालेको छ ।

समयसमयमा भिडियो एक्स–रे नगर्दा गर्भवती, गर्भको बच्चा र प्रसूतिको समयमा आउन सक्ने जटिलतालाई न्यून गर्नका लागि जैमिनी नगरपालिकाले पछिल्लो समय गाउँगाउँमै गएर भिडियो एक्स–रे शिविर सञ्चालन गर्न थालेको हो । जैमिनी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स सुनिता चालिसेले जैमिनीका अधिकांश गर्भवतीले एकपटक मात्र भिडियो एक्स–रे गरेको पाइएपछि जोखिम न्यूनीकराण्का लागि गाउँगाउँमै पुगेर भिडियो शिविर सञ्चालन गर्न थालेको बताउनुभयो ।

नगरपालिकाले सङ्घीय सरकारको रु एक लाख र नगरको रु दुई लाख गरी यस आर्थिक वर्षको असोज महिनादेखि नगरपालिकाका एक शहरी स्वास्थ्य क्लिनिक र आठ स्वास्थ्य चौकीबाट भिडियो एक्स–रे शिविर सञ्चालन गर्न शुरु गरेको हो । पैँयुथन्थाप स्वास्थ्य चौकी, राङखानी स्वास्थ्य चौकी, छिस्ती स्वास्थ्य चौकी र नेपाने शहरी स्वास्थ्य क्लिनिकमा पहिलोपटक असोज र दोस्रोपटक पुस महिनामा भिडियो एक्स–रे शिविर सञ्चालन गरिएको चालिसेले बताउनुभयो । त्यसैगरी नगरपालिकाले जैदी स्वास्थ्य चौकी, अर्जेवा स्वास्थ्य चौकी, दमक स्वास्थ्य चौकी, सर्कुवा स्वास्थ्य चौकी र विनामारे स्वास्थ्य चौकीमा कार्तिक र माघ महिनामा दुईपटक शिविर सञ्चालन गरिसकेको छ ।

शिविरबाट हालसम्म २३३ जना महिलाले भिडियो एक्स–रे सेवा लिएको चालिसेको भनाइ छ । “भिडियो एक्स–रेको आवश्यक उपकरणसहित नगरपालिकाबाट एकजना तालीम प्राप्त नर्स स्वास्थ्य चौकीसम्म पुगेर शिविर सञ्चालन गर्दै आएका छौा”, चालिसेले भन्नुभयो, “अन्य संयोजन स्वास्थ्य चौकीले गर्दै आएको छ, जसकारण अस्थायीरुपमा भए पनि स्वास्थ्य चौकीबाटै भिडियो एक्स–रे सेवा पाउँदा महिलालाई सहज भएको छ ।” चालिसेका अनुसार उक्त शिविर हरेका तीन–तीन महिनामा गाउँमै पुगेर गरिनेछ ।

गर्भवतीले तीनपटक अनिवार्य, स्वास्थ्यकर्मीको परामर्श र गर्भवतीको अवस्थाअनुसार जति पटक पनि भिडियो एक्स–रे गर्न सकिने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक केशव आचार्यले बताउनुभयो । उहाँका अनुसार गर्भवती भएको जानकारी हुनासाथ पहिलोपटक, गर्भवती भएको चारदेखि पाँच महिनामा दोस्रोपटक र सातदेखि आठ महिनामा तेस्रोपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ । गर्भमा रहेको बच्चाको अवस्था, गर्भवतीको अवस्था र प्रसूति हुने समयमा हुनसक्ने जटिलतालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मीको परामर्शअनुसार अन्य समयमा पनि भिडियो एक्स–रे गर्न अवाश्यक रहेको र यसो नगर्दा आमा र शिशु दुवैलाई समस्या हुने उहाँको भनाइ छ ।

तीन सन्तान जन्माउँदासम्म सदरमुकाम पुगेर एक÷दुईपटक मात्रै भिडियो एक्स–रे गर्नुभएकी जैमिनी नगरपालिका–८ छिस्तीकी २९ वर्षीया याममाया थापाले चौथो सन्तान जन्माउँदा भने गाउँमै भिडियो एक्स–रे गर्न पाएको बताउनुभयो । “पहिलोपटक भिडियो एक्स–रे गर्नुपर्छ भन्ने थाहै थिएन, दोस्रो र तेस्रोपटक जानकारी भए पनि नजीक स्वास्थ्य संस्था नहुँदा धेरै गर्न सकिएन तर अहिले गाउँमै भिडियो एक्स–रे गर्न पाएँ”, उहाँले भन्नुभयो ।

पर्यटनमैत्री गाउँ बनाउन सूचना बोर्ड

बागलुङ नगरपालिका–८ सिगानाले गाउँलाई पर्यटनमैत्री बनाउने अभियान शुरु गरेको छ । गाउँमा आउने आन्तरिक र बाह्य पर्यटकलाई गाउँ÷टोलको परिचय दिने गरी वडा कार्यालयले ५० स्थानमा सूचना बोर्ड राखेको छ । गाउँमा आएका मान्छेलाई फरक फरक विशेषता र पहिचान बोकको टोल, बस्ती चिनाउन वडाभित्रका टोल, विद्यालय र स्वास्थ्य चौकी गरी ५० स्थानमा सूचना बोर्ड राखेको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

“स्थानीयवासीलाई गाउँ÷टोलका विषयमा जानकारी नै छ, तर आगन्तुक पाहुना र पर्यटकलाई अन्योलता पैदा भएको वडा कार्यालयले महसुस ग¥यो”, उहाँले भन्नुभयो, “पर्यटनको विकास गर्ने भनेका छौँ, गाउँको परिचय नदिँदा आएका पर्यटक समस्यामा पर्ने रहेछन्, सूचना बोर्डले म यो स्थानमा रहेछुभन्दा अब कसैलाई सोध्न पर्दैन ।”

वडा कार्यालयले आर्थिक वर्ष २०७७÷७८ छुट्याएको रु दुई लाख बजेटमा सूचना बोर्ड निर्माण गरेर ५० स्थानमा राखिएको छ । फलामको पोलमा फलामको पाता प्रयोग गरी राखिएको सूचना बोर्ड निकै टिकाउ र सुरक्षित हुने वडा कार्यालयले जनाएको छ । सुन्तला गाउँका रुपमा परिचय पाएको सिगानामा पछिल्लो समय अवलोकन र भ्रमणका लागि आउने आगन्तुकको उपस्थिति बढ्दो मात्रामा छ । बागलुङ नगरपालिकाले सिगानाको बौडेचौरलाई पर्यटकीय गन्तव्य बनाउने गरी योजना अगाडि बढाएको छ । सिगाना वडा कार्यालयले सिगानामा पर्यटक भित्र्याउने सिगानाको पर्यटकीय क्षेत्र मेटिएको डकुमेन्ट्रीसमेत वडा कार्यालयले निर्माण गरी सार्वजनिक गरिसकेको छ । सिगाना आउने पर्यटकलाई गाउँ चिनाउनका लागि सूचना बोर्ड राखिएको हो ।

सिगानाको तल्लो भेगमा सुन्तला र उपल्लो भेगमा चिया बगान बनाउने लक्ष्यका साथ बागलुङ नगरपालिकाले विभिन्न अनुदानका योजनासमेत ल्याएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । अहिले सुन्तला बगान हेर्न आन्तरिक पर्यटक र विभिन्न जिल्लाका कृषकहरु सिगाना आउन थालेपछि गाउँ÷टोल चिनाउन सूचना बोर्ड राखिएको हो । वडा कार्यालयले वडा कार्यालयको सीमा शुरु हुने काठेखोला पुलमा वडाका सम्पूर्ण जानकारीसहितको ठूलो सूचना बोर्डसमेत राख्ने तयारी भइरहेको छ । उक्त बोर्डमा सिगानाको पर्यटकीयस्थल, खेतीयोग्य जमीनलगायत जानकारी दिइनेछ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope