पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते


नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ ।

महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले राससलाई जानकारी दिनुभयो । महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ ।

समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहनुभएको छ


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope