मनै लोभ्याउने बेगनासतालको गडफादर

५ चैत्र २०७७, बिहीबार ०८:४०

पोखरा, ५ चैत्र

सुन्दर शहर पोखरा अनि पोखराका ताततलैया । पोखरा पुग्ने हर कोही यिनै तालतलैया र प्राकृतिक सौन्दर्यसँग मोहित हुन्छन् । पोखराको फेवाताल र लेखनाथका तालहरुको आ–आफनै विशेषताहरु छन् ।

पछिल्लो समय स्थानीय, राष्ट्रिय तथा अन्र्तराट्रिय पर्यटकहरुको आकर्षणको केन्द्र लेखनाथको बेगनासताल बन्दै गएको छ । पर्यटकीय ठाउँको सुचीमा सुचीकृत यो तालको मनमोहक दृश्य नहेरी फर्किने सायदै कोही होलान् ।

बेगनासतालमा विगतको तुलनामा अहिले पर्यटकहरुको चाप केही रुपमा भएपनि बढ्दोक्रममा रहेको छ । सुरुवाती समयमा यो ताल घुमीसकेपछी खान र बस्नका लागि  राम्रो सुविधा भएका होटल रेष्टुरेन्टहरु कमै मात्रामा थिए भने हिजोआज वेगनासताल किनार छेउछाउ छुप्रै होटल, रेष्टुरेन्टहरु खुल्दै गएका छन् जसले गर्दा पर्यटकलाई खान र बस्नको लागि पोखरा नै फर्किन पर्ने बाध्यता भने अहिले छैन ।

पर्यटक तथा ग्राहकलाई फरकपन महशुश गराउन बेगनासताल किनारमा होटल गडफादरले आफनो सेवा सुरुवात गरेको छ । स्थानिय दाजुभाई सन्तोष आचार्य र सुवर्ण आचार्यको करिब एक करोड लगानीमा सन्चालित होटल हो गडफादर । उत्तरमा हिमशृँखला हेर्दे फरक– फरक माछाको स्वाद लिदै वेगनासतालको मनमोहक दृश्य अवलोकन गर्न सकिने संचालक मध्यका एक सुवर्ण आचार्य बताउँछन् ।

होटलको अर्को आकर्षण भनेको रुफटपमा माछाको आकृतीसँगै रहेको सेल्फी जोन हो । जहाँ आकर्षित तरिकाले सेल्फी वा फोटो खिच्न सकिनेछ । आचार्य दाजुभाई दुबैले अष्ट्रेलिया तथा यूरोपमा लामो समय कामको अनुभव लिई सोही अनुभवलाई स्वदेशमा लगानी गर्न उत्साहित भई होटलको स्थापना गरेका हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.