महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा

६ चैत्र २०७७, शुक्रबार १४:१५

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उहाँलाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उहाँले बताउनुभयो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.