प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट ( रात्रिकालित बत्ती)का माध्यमबाट हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिनुभयो ।
छैटौँ संस्करणका रूपमा रहेको गोल्डकपमा नेपालका ‘ए’ डिभिजनसहित अफ्रिकन क्यामरुन र भारतका टोली सहभागी हुनेछन् । प्रतियोगितामा भारतको पञ्जाव पुलिस, झारखण्डको टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन टोली पहिलोपटक सहभागी हुँदैछन् भने नेपालका मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुसिल क्लब, सङ्कटा क्लब, राष्ट्रिय लिग विजेता टोली मच्छिन्द्र क्लब, गोर्खा ब्याइज, रुपन्देही र आयोजक विराटनगर–११ रहने ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले बताउनुभयो ।

गोल्डकप विजेता टोलीले रु १५ लाख १५ हजार र उपविजेता टोलीले रु सात लाख ५१ हजार नगद र आकर्षक शिल्ड प्राप्त गर्नेछन् । पाँचौँ संस्करण विजेताले रु १३ लाख पुरस्कार पाएको थियो भने उपविजेताले रु सात लाख प्राप्त गरेको थियो । प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई रु १५ हजार नगद रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रयोगिता राति ७ः०० बजेदेखि शुरू हुने तथा यसको टिकटदर रु दुई, तीन र चार सय रहेको छ ।
आपत्कालीन कार्यालय सञ्चालन
विराटनगर महानगरपालिकाले आपत्कालीन अवस्थामा नागरिकको जनधनको क्षति न्यूनीकरण गर्नका लागि ‘स्थानीय आपत्कालीन’ कार्यालय बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले मानगढमा कार्यालयको उद्घाटन गर्नुभयो । उहाँले चौबीसै घण्टा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित कार्यालयले नागरिकलाई विपद्को समयमा आवश्यक सहयोग प्रदान गरी क्षति न्यून गर्ने बताउनुभयो ।
महानगरका प्रमुख कार्यकारी अधिकृत उमेश बस्नेतले जिल्ला विपद् व्यवस्थापनको सहकार्यमा आपत्कालीन सेवाबाट कार्य सञ्चालन गर्ने बताउनुभयो । हाल कार्यलयमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री रहेको र आवश्यकतानुसार थप गर्दै जाने सोही अवसरमा जानकारी दिइएको थियो ।
RSS
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com