बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् ।
विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती शुरु गरेको प्रशिक्षक नरेश विष्टले बताउनुभयो । स्रोत साधनको अभावका बाबजुद पनि आफूहरु विद्यार्थीलाई सीप सिकाउन लागिपरेको उहाँले सुनाउनुभयो । अध्ययनरत विद्यार्थीलाई च्याउखेती मात्रै नभएर तरकारी खेती, फलफूल खेती, नगदे बालीलगायतका विषयमा व्यवहारिकसहित अध्ययन गराइँदै आएको उहाँले बताउनुभयो ।

यस्तै कृषि कार्यक्रम संयोजक दिनेश बोहराले च्याउ उत्पादनले राम्रो बजार पाउने र अध्ययनपछि विद्यार्थी स्वरोजगार बन्न ठूलो सहयोग पुग्ने बताउनुभयो । बजार पाएमा च्याउखेतीबाट मनग्य आम्दानी हुने उहाँको भनाइ छ ।
विद्यार्थीले च्याउखेतीका लागि टनेल तयार गरी पहिलोपटक १५० पोकामा बीउ राखेका छन् । देवेश्वरी माविमा प्राविधिक शिक्षातर्फ १८ महिने कृषि जेटिए पठनपाठन हुने गरेको छ । झण्डै ३५ विद्यार्थी अध्ययन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीले व्यवहारिक ज्ञान हासिल गर्न विद्यालयबाट सहयोग पाएको बताएका छन् ।
––– RSS
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com