प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । उहाँले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिनुभयो ।

सन् २००३ देखि हिमाल आरोहण शुरु गर्नुभएकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ । यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसक्नुभएको छ । शेर्पाले यसअघि तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com