यहाँ अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको छ ।

यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले मात्र खोप लगाएका छन् ।
शिवसताक्षी नगरपालिकाका चार हजार ७४९ ले, गौरादह नगरपालिकाका चार हजार ६५३ ले, विर्तामोड नगरपालिकाका तीन हजार ७७३ ले, कनकाई नगरपालिकाका तीन हजार ४९९ ले, कमल गाउँपालिकाका तीन हजार २४८ ले र भद्रपुर नगरपालिकाका तीन हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।
यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८५४ ले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७२३ ले, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४५१ ले, कचनकबल गाउँपालिकाका दुई हजार १२३ ले, हल्दिबारी गाउँपालिकाका दुई हजार एकले, झापा गाउँपालिकाका एक हजार ८२३ ले, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७०९ ले र बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले उक्त खोप लगाइसकेका छन् ।
गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए ।
RSS
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com