बुद्धकालीनस्थलमा दोस्रो पटक भूभौतिक सर्वेक्षण


– मोहन पौडेल परासी

नवलपरासी–बर्दघाट सुस्ता पश्चिमस्थित बुद्धकालीन पुरातात्विकस्थल पण्डितपुरमा दोस्रो पटक ‘जियो फिजिक्स सर्भे’ गरिएको छ । रामग्राम नगरपालिका– १८ मा अवस्थित पण्डितपुरमा पुरातत्व विभाग र बेलायतस्थित दुरह्याम विश्वविद्यालयको विज्ञ टोलीले वृहत भूभौतिक अध्ययन गरेको हो ।

शाक्यमुनि गौतम बुद्धको सम्भावित मावलीस्थल तथा कोलिय गणराज्यको राजधानीका रुपमा रहेको पण्डितपुर क्षेत्रमा जियो फिजिक्स सर्भेमार्फत जमीनमुनि सतहमा रहेका पुरातात्विक भौतिक संरचनाको अध्ययन गरिएको पुरातत्व विभागका पुरातत्वविद् विष्णु पाठकले राससलाई जानकारी दिनुभयो ।

बेलायतस्थित दुरह्याम विश्वविद्यालयका डा माकसहित दुई प्राविधिक र पुरातत्व विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली तथा विष्णु पाठकसहितको टोलीले छ दिनसम्म यहाँको भूभौतिक अध्ययन गरेको हो । “यस क्षेत्रमा जमीनमुनिको सतहमा के–कस्तो अवस्थामा संरचना छन् भनेर पत्ता लगाउन अध्ययन गरिएको हो, यसको प्रतिवेदन प्राप्त भएपछि थप अध्ययन, अनुसन्धान र उत्खननको कार्य अघि बढ्छ”, पाठकले भन्नुभयो ।

अध्ययनको प्रतिवेदन विश्वविद्यालयको प्राविधिक टोलीले तयार गर्नेछ । पण्डितपुरमा गत वर्षको पुसमा पहिलो पटक जियो फिजिक्स सर्भे गरिएको थियो । गत वर्षको अध्ययनका क्रममा बुद्धकालीन पुरातात्विक वस्तु तथा ६० मिटर लामो पर्खालको अवशेष फेला परेको थियो । यस वर्ष पनि तिलौराकोटसँग मिल्दोज्ुल्दो महत्वपूर्ण पुरातात्विक संरचना पmेला परेको बताउँदै उहाँले अन्तिम प्रतिवेदन आएपछि सार्वजनिक गरिने बताउनुभयो ।

यसपटक पण्डितपुरको मन्दिर भन्दा पूर्व–पश्चिम र दक्षिण क्षेत्रमा वृहत अध्ययन गरिएको टोलीले जनाएको छ । जिल्लाको सदरमुकाम परासीबाट पश्चिमतर्फ करीब पाँच किलोमिटरको दूरीमा रहेको यसस्थलमा सन् २००२ मा पुरातत्व विभागका पुरातत्वविद् शुक्रसागर श्रेष्ठले गरेको प्रारम्भिक उत्खननको अनुशरण गर्दै विभागका पुरातत्वविद्ले सन् २०१२ देखि २०१५ सम्म पण्डितपुरको उत्खनन गरेका थिए ।

त्यसबखत पण्डितपुरमा इसापूर्व सात सयकालीन विभिन्न सामग्री भेटिएका थिए । ती सामानले उक्त स्थान प्राचीन कोलीय गणराज्यको राजधानी रामग्राम भएको प्रमाणित गर्ने पुरातत्वविद्को भनाइ छ । उत्खननका क्रममा माटोका इनार, पत्थर, टोपाज, चुरा, ग्लास, कुषाणकालीन मानवमूर्ति भेटिएका थिए । यहाँ भेटिएका पुरातात्विक वस्तु लुम्बिनी र तिलौराकोटसँग मिल्दोजुल्दा रहेको विभागको भनाइ छ ।

करीब ६० बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको सो ठाउँलाई उत्खननमा संलग्न पुरातत्वविद्ले प्राचीन कोलीय गणराज्यको राजधानीका रुपमा सङ्केत गरेका थिए । यसअघिको उत्खननका क्रममा प्राप्त सांस्कृतिक तह प्राचीन संरचना र महत्वपूर्ण पुरातात्विक वस्तुको प्राप्तिले यो ठाउँ लुम्बिनी र कपिलवस्तुको समकालीन भएको पुष्टि भएकाले यसको थप अनुसन्धान र विकास गर्न सर्भे गरिएको पुरातत्वविद पाठकले बताउनुभयो ।

नेपालकै महत्वपूर्ण पुरातात्विकस्थलका रुपमा रहेको पण्डितपुर क्षेत्र भगवान गौतमबुद्धको अस्तुधातु रहेकोस्थल रामग्राम स्तूपबाट नौ किलोमिटर उत्तर–पश्चिममा अवस्थित छ । पण्डितपुर क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न नगरपालिकाले यहाँ कोलिय शान्ति बगौँचा निर्माणको तयारी पनि गरेको छ ।

पण्डितपुर क्षेत्र बुद्धमावली भएनभएको तथ्य प्रमाण सङ्कलनका लागि पनि सो सर्भे महत्वपूर्ण हुने विभागले जनाएको छ । स्थानीयवासीले भने यस क्षेत्रको पटकपटक अध्ययन र उत्खनन ह्ुँदा पनि यहाँको विकासमा चासो नदिइएको गुनासो गरेका छन् ।

RSS


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope