आजको फोटो फिचर


हाइकिङ गर्दै: रोट्रयाक्ट क्लबले शुक्रबारदेखि सुरु गरेको रोट्रयाक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँ भकुण्डेको प्रचारका लागि बागलुङ बजारदेखि बराहतालसम्म हाइकिङ गर्दै । तस्वीर: खेमराज गौतम, रासस

हाइकिङ टोली: रोट्रयाक्ट क्लबले शुक्रबारदेखि सुरु गरेको रोट्रयाक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँ भकुण्डेको प्रचारका लागि बागलुङ बजारदेखि बराहतालसम्म हाइकिङ गर्दै । तस्वीर: खेमराज गौतम, रासस

विदेशी तथा स्वदेशी पर्यटक: पोखराको फेवातालमा डुङ्गा शयर गर्दै विदेशी तथा स्वदेशी पर्यटक । तस्वीर: राधिका कँडेल, रासस

तोरीबाली: बारेकोट गाउँपालिका–१ सिर्पाचौरमा लगाएको तोरीबाली । तस्वीर: हेमन्त केसी, रासस

आरोहण टोलीको बिदाई: आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान लागेको नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठ नेतृत्वको पर्वतारोही टोलीलाई पोखरेबगरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बिदाई गर्दै । तस्वीर: सन्तोष गौतम, रासस

अर्घाखाँचीमा जिप दुर्घटना: अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको बोलेरो जीप चुत्राबेसीको जनज्योति मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । तस्वीर: प्रेमनारायण आचार्य, रासस

मिस्ट्रीखोला बाँध: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजनाको बाँध । तस्बिर: सन्तोष गौतम÷रासस

कर्णाली नदीमा माछा मारिँदै: आठविस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाए पनि साना माछा मारिँदै । कर्णालीमा साना माछा मार्दा माछा नै लोप हुने अवस्था आएपछि विसं २०७६ चैत १ गतेदेखि कालिकोटसँग सिमाना जोडिएको दही खोलादेखि रामाघाटसम्म साना माछा मार्न नगरपालिकाले रोक लगाएको हो । वेला वेलामा सम्बन्धी निकायको ध्यान नपुग्दा यहाँ साना माछा मार्ने कार्य जारी रहेको छ । तस्बिरः पुरुषोत्तम थापा, रासस


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope