सेनाका शिक्षक र शिक्षार्थीको बङ्गलादेश र पाकिस्तान भ्रमण

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष, शिक्षक र शिक्षार्थीसहितको टोलीले बङ्गलादेश र पाकिस्तानको अध्ययन भ्रमण गरेको छ ।
उक्त कलेजमा सञ्चालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृत टोलीले साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्केको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीको नेतृत्वमा ४० बङ्गलादेश तथा मुख्य शिक्षक महासेनानी विमलराज शर्माको नेतृत्वमा ४७ को टोली पाकिस्तान अध्ययन भ्रमणमा गएको थियो । ती टोलीले तत् मुलुकका स्थल, जल र हवाई सेनाका निकाय, महत्वपूर्ण औद्योगिकस्थल एवं समकक्षी कलेजको भ्रमण गरेको थियो ।
वार्षिकरूपमा हुने यस्ता भ्रमणले ती मुलुकका जल, थल तथा वायु सेनाको युद्धकलालगायतका नवीनतम प्रविधि प्रयोगबारे अवलोकनको अवसर मिल्दै आएको सेनाले जानकारी दिएको छ । भ्रमणबाट शिक्षार्थीलाई समसामायिक सैनिक विषयमा ज्ञान हासिल गर्नका साथै सैन्य कूटनीतिमा समेत सकारात्मक प्रभाव पर्ने सेनाले विश्वास लिएको छ ।
RSS
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस