कामपाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर सङ्कलन गर्ने


काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर मात्र सङ्कलन गर्ने भएको छ ।

फोहर सङ्कलनलाई थप व्यवस्थापन गर्नका लागि आगामी वैशाखदेखि कामपा–४ बाट यस कार्यको थालनी गर्न लागेको हो । आज यहाँ कामपा–४ ले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीको काठमाडौंँमा पानीको समस्या समाधान गर्ने उल्लेख गर्दै घरघरमा फोहर छुट्याउन थाले फोहर समस्या पनि समाधान हुने बताउनुभयो । त्यस क्रममा वडाध्यक्ष मोहन विष्टले वडा ४ क्षेत्रमा सडक सफा रहेको बताउँदै घरबाटै फोहर वर्गीकरण भए आफ्नो वडा महानगरकै नमूना बन्ने दावी गर्नुभयो ।

वाग्मती सफाइ अभियानमा अहिलेसम्म २० हजार मेट्रिकटन फोहर झिकेर व्यवस्थापन गरिएको प्रसङ्ग उल्लेख गर्दै अभियन्ता एवं पूर्वमुख्य सचिव लीलामणि पौडेलले भन्नुभयो, “घरबाट फोहर छुृट्याउने विधि शुरुदेखि नै पालना गरिएको भए कम लगानीमा नदी सफाइ र शहरको फोहर व्यवस्थापन काम हुने थियो ।”

वैशाखको १ गतेदेखि निश्चित टोल सुधार क्षेत्रबाट अभियान थाल्ने बताउँदै नेप्सेम्याक सेवा प्रालिका प्रवन्धक मीत्र घिमिरेले अभियान थालिएका ठाउँमा फोहर वर्गीकरण नभए सङ्कलन नगरिने योजना रहेको उल्लेख गर्नुभयो ।

वडाभित्र श्री प्रतिष्ठान तथा मिलीजुली टोलसुधार समिति, सारा, दीपज्योती मार्ग, महालक्ष्मी, आशिष मार्ग, पञ्चकुमारी, चुनदेवी, मिलीजुली चुनदेवी गैरी, टुसाल, सरस्वती टोलसुधार समितिसहित क्लव र उपभोक्ता समिति छन् । जाल्पादेवी, शिवप्रिया मार्ग, तल्लो बालुवाटार र जनमार्ग उपभोक्ता समितिले वडामा काम गरिरहेका छन् । यसैगरी, धुम्रवराह, जागरण र पञ्चकन्या युवा क्लव सक्रिय छन् । विशाल मिलन केन्द्र र महिला जागरण समिति पनि वडाका सक्रिय सामाजिक सङ्घसंस्था हुन् ।

यीनै टोल सुधार समिति, उपभोक्ता समिति र युवा क्लवको सहयोगमा प्राङ््गारिक मल बनाउन सक्ने र नसक्ने फोहर छुट्याउने अभियान थालिने भएको हो ।

RSS


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope