देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासङ्घको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा उम्मेदवार निर्मला शर्मा नेतृत्वको संयुक्त प्यानलबाट विष्णु शर्माले कर्णाली प्रदेश समितिको अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो । त्यसैगरी दुवै सङ्गठनबाट नमनकुमार शाही र रत्न कार्कीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी खुला उपाध्यक्षमा चक्रबहादुर खत्री, नगेन्द्र उपाध्याय र पवित्र शाही, महिला उपाध्यक्षमा कृष्णमाया उपाध्याय र विमला खड्का, महासचिवमा अनन्त बराल, खगेन्द्रप्रसाद भट्टराई र तप्तबहादुर मल्ल, खुला सचिवमा आकाशतारा वयक र दीपक बुढा, समावेशी सचिवमा अशोक राजी, दिनेशकुमार श्रेष्ठ र सन्तोष घर्ती, कोषाध्यक्षमा अशोककुमार सिंह, गणेशकञ्चन भारती र गोविन्द केसीले उम्मेदवारी दिएको प्रदेश निर्वाचन समितिका संयोजक पिताम्बर ढकालले जानकारी दिनुभयो ।
त्यस्तै, खुला सदस्यमा १७, महिला सदस्यमा छ, आदिवासी÷जनजाति सदस्यमा तीन, दलित सदस्यमा दुई र अल्पसङ्ख्यकमा एकको उम्मेदवारी परेको संयोजक ढकालले जनाउनुभयो । सात पदाधिकारीको सङ्ख्यामा २० जना र १४ जना सदस्यमा २९ गरी ४९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ ।
RSS
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com