रासस, दक्षिण कोरिया संवाददाता जीवन खत्रीको पहलमा रामेछाप खाँडादेवी गाउँपालिका–६ कुवापानी निवासी दुवै मिर्गौला पीडित मवीन्द्र घिसिङको उपचारका लागि दक्षिण कोरियाबाट रु एक लाख ३५ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।
झण्डै एक महिनादेखि सहयोग अभियान शुरु गरी सङ्कलन गरिएको उक्त रकम बुधबार खाँडादेवी गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष प्रेम तामाङ, वडा नं ६ का अध्यक्ष पुष्कर कार्कीलगायतको उपस्थितिमा पीडितकी श्रीमतीलाई हस्तान्तरण गरिएको हो । झण्डै चार वर्षदेखि घिसिङको दुवै मिर्गौलाले काम नगरेपछि नियमित डायलाइसिस भइरहेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण जीवनमरणको दोसाँधमा रहेका उनको प्राण रक्षार्थ सहयोग सङ्कलन गरिएको खत्रीले बताउनुभयो । उहाँले कोरियामा रु एक लाख, युकेबाट रु ३० हजार र नेपालमा रु पाँच हजार सङ्कलन भएको र सम्पूर्ण विवरण सामाजिक सञ्जालमार्फत प्रकाशन गरेकोसमेत बताउनुभयो । सहयोग रकम पाएपछि उपचार गराउन सहज हुने बिरामीकी धर्मपत्नीले बताउनुभयो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com