बाँकेको नरैनापुरमा आगलागी : १५० घरगोठ जालेर नष्ट


काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा डेढ सय घरगोठ जलेर नष्ट भएका छन् । बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार दिउँसो ३ः३५ बजे आगलागीमा परी ३ जना घाइते समेत भएका छन् । घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

क्षतिको एकिन विवरण अझैं संकलन भइसकेको छैन । आगलागीको सूचना पाउने बित्तिकै नरैनापुर गाउँपालिकाको एउटा र नेपालगन्ज उपमहानगरपालिकाका दुई वटा दमकल घटनास्थल पुगेका थिए । आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई बास र गासको व्यवस्था गरिरहेका छन् ।

जिल्ला सदरमुकाम नेपालगन्जबाट ४० किमि पूर्वमा रहेको नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौ पटक हो । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले यस अघि वडा नं. १ मा २४, वडा नंं. २ मा १८, वडा नं.४ मा १० वटा र वडा नं. ६ मा ४ वटा घर जलेर नष्ट भएको बताए ।

उनका अनुसार धेरैको फुसको छानो भएको घर रहेको र पानी नपरेर सुकेको हुँदा एउटा घरमा आगो लाग्ने बित्तिकै सल्केर एकैपटक धेरै घर जलेर नष्ट हुने गरेका हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope