एकै दिनमा एक लाखको फोटो बिक्री


आन्द्राको क्यान्सर भएर उपचाररत दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार रु एक लाखको फोटो बिक्री भएको छ ।

व्यास नगरपालिका–४ निवासी फोटोग्राफर दरैले खिच्नुभएको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थललगायतका फोटो सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका एउटा फोटोको रु दुई हजार मूल्य कायम गरिएको सहकर्मी युवराज भण्डारीले जानकारी दिनुभयो । व्यावसायिक फोटोग्राफर तथा सङ्गीतमा समेत सक्रिय दरैको हाल भारतमा उपचार भइरहेको छ । क्यान्सरका कारण तीन वर्षयता थलिएको उनको उपचार खर्च जुटाउन उनका शुभेच्छुकले साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गर्दै आएका हुन् ।

दरैले खिचेका फोटो हेर्न आएका सर्वसाधारणको भीड लाग्ने गरेको छ भने फोटो अवलोकनपश्चात् मन परेका फोटो खरिद गरेर लैजाने गरेको भण्डारीले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope