काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई बैंकको सीईओका रुपमा नियुक्त गरेको हो ।
उनीसँँग यसअघि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा काम गरेको लामो अनुभव छ । उनी सीईओको रुपमा बैंकमा प्रवेश गरेसँगै बैंकले पहिलो पटक नेपाली सीईओ पाएको छ ।

साढे २ दशक बैंक तथा वित्तीय संस्थामा अनुभव हासिल गरिसकेको उनी एक परिचित बैंकरका रुपमा परिचित छन् । उनलाई बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैंकरका रुपमा लिइन्छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com