दुप्चेश्वर मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण


 त्रिशूली । नुवाकोटको प्रसिद्ध शक्तिपीठ दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण सम्पन्न भएका छन् ।

 
मन्दिर परिसरमा सङ्घीय सरकारको रु २० लाख, वाग्मती प्रदेश सरकारको रु ३५ लाख र दुप्चेश्वर गाउँपालिकाको तर्फबाट रु ४५ लाख लगानीमा यहाँ गुरुयोजना अनुसार ती भवन निर्माण भएका हुन् ।    
    
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले ती संरचनाको शनिबार उद्घाटन तथा थप नयाँ भवन शिलान्यास गर्दै थप संरचना निर्माणमा बजेट अभाव नहुने जानकारी दिनुभयो ।    

  
“धार्मिक पर्यटन भित्र्याउन हिन्दू र बौद्धमार्गीको आस्थाको शिरको रुपमा रहेको मन्दिरको संरचना सुधारमा तीन तहका सरकारबीच सहकार्य गरेर अघि बढ्नुर्पछ ।” उहाँले भन्नुभयो, “पशुपतीनाथ र गोसाइँकुण्डको दर्शनको साथमा दुप्चेश्वर महादेव मन्दिरको दर्शन अनिवार्य रहेको सन्देशलाई प्रचारमा जोड दिन लाग्नुपर्छ ।”  

   
गुरुयोजना अनुसार पुरातत्व विभागबाट स्वीकृत बजेट अनुसार निर्माण थालिएको संचरचनाको मन्त्री ढकालले शिलान्यास समेत गर्नुभएको थियो । कार्यक्रममा वाग्मती प्रदेशसभाका प्रमुख सचेतक केशवराज पाण्डेले गुरुयोजना अनुसार काम अघि बढाउन सुझाव दिनुभयो ।    

   
भौगोलिक रुपमा विकट बस्ती भए पनि मूल सडकबाट ट्र्याक खोलिएको सडकको लागि व्यवस्थित बनाउन (कालोपत्र गर्न) व्यक्तिगत रुपमा पूरा गर्ने वाग्मती प्रदेससभाका सदस्य बद्री मैनालीले प्रतिबद्धता जनाउनुभयो ।    
दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले दुप्चेश्वर महादेवको मन्दिर व्यवस्थापनको लागि गाउँपालिका अर्थात स्थानीय सरकारको तर्फबाट आफूले समेत बजेट उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।    
    
दुप्चेश्वर गाउँपालिका–६ राउतबेँशीस्थित चट्टाने भिरमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरको संरक्षणमा तीन तहको सरकारबीचको सहकार्यमा निकै सुधारका काम हुँदै आएको छ । तीन तहको सरकारमार्फत मन्दिरसम्म पुग्न कठिन रहेको बाटोमा पदमार्गको व्यवस्था, दर्शनार्थीलाई लाइनमा बस्दा घामपानीबाट बच्न अहिले छाना लगाइएको छ ।    

   
मन्दिरको भेटी तथा सहयोगको बैंकमार्फत पारदर्शी, सिसिटिभी क्यामरामार्फत सुरक्षालगायतको प्रबन्ध मिलाइएकाले गुरुयोजनामार्फत आगामी दिनमा आवश्यकताको आधारमा थप संरचनाको निर्माण गर्दै अघि बढ्न मन्त्रीबाट पाएको प्रतिबद्धताले आफू उत्साहित भएको समाजसेवी बलराम आचार्यको भनाइ छ ।    
   
 सोही अवसरमा मन्दिरका पूजारी भगवानहरि धितालले प्रसिद्ध रहेको दुप्चेश्वर महादेवको मन्दिरको महिमा निकै उच्च रहेको जानकारी दिँदै संरक्षण, प्रबद्र्धन तथा प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।    
रासस  –  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope