कृतिमानी आरोही कामीरिताले २५ औँ पटक सगरमाथा आरोहण गर्दै

२२ चैत्र २०७७, आईतवार १७:४३

काठमाडौं । विश्व किर्तिमानी नेपाली आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथा आरोहणका लागी प्रस्थान गरेका छन् । आइतबार ५० वर्षीय कामीरिता यसपटक बहराईनको राजकुमार सम्मिलित टोलीमा सम्मिलित रहेर सगरमाथा आरोहणका लागी गएका हुन् । विगत केही वर्षदेखि आफ्नो किर्तिमान आफैंले भंङ्ग गर्दै आएका शेर्पा गत वर्ष २४ औं पटक सगरमाथाको शिखरमा पुगेका थिए ।

यससँगै शेर्पाले एक सातामै दुई पटक सगरमाथा आरोहण समेत गरेका थिए । त्यो पनि अर्को रेकर्ड थियो । पहिलोपल्ट सन् १९९४ मा पहिलो सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाले त्यसपछि बिभिन्न अन्तर्राष्ट्रिय कम्पनीका लागि गाइडको रुपमा काम गर्दै आईरहेका छन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.