खनाल–नेपाल समूहद्वारा वसन्त मानन्धरको अध्यक्षतामा काठमाडौं जिल्ला कमिटी घोषणा


काठमाडौँ । नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । सो समुहले आइतबार वाग्मती प्रदेशसभा सदस्य वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटीको घोषणा गरेको हो ।

यो समूहको एक कार्यक्रमको आयोजना गरी घोषणा गरेको कमिटी उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुशुमकुमारी कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । साथै जिल्ला कमिटीमा रहने सदस्यहरू पनि घोषणा गरिएको छ ।

यसअघी एमालेको काठमाडौं जिल्ला अध्यक्ष भने प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णबहादुर राई हुन् । उनी अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेका छन् ।

खनाल–नेपाल समूहको शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर एमालेको समानान्तर कमिटी घोषणा गर्ने र विशेष अभियान सञ्चालन गर्ने निर्णय अनुसार कमिटीको घोषणा गरिएको हो ।

एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा सञ्चालन गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तयार नभए मुलुकभर समानान्तर गतिविधि सञ्चालन गर्ने यो समूहको निर्णय थियो । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope