राष्ट्रिय फुटबल : मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त


काठमाण्डौ । कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अलमुताइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको घोषणा गरेको हो ।

आइतबार नियुक्ति पाएका ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्षका लागि नेपाली टोलीलाई हेर्नेछन् । यस अवधिमा उनले कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनशिपमा नेपाली टोलीको नेतृत्व लिनेछन् ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) ले राष्ट्रिय टोलीका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अलमुताइरीको नेपाली फुटबलमा प्रवेश भएको हो । नेपाल आएका अलमुताइरीले नेपाली फुटबललाई दक्षिण एसियामा बलियो बनाउन आफूले सक्दो मेहनत गर्ने बताए ।

काठमाण्डौमा सम्पन्न त्रिदेशीय फुटबल कपमा नेपाललाई उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै एन्फाले अलमुताइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको हो ।
नेपालले त्रिदेशीय कपमा उचालेको उपाधिले नेपाली समर्थकलाई धेरै खुसी दिएजस्तै आउँदा दिनमा नेपाली समर्थकलाई खुसी दिलाउन मेहनत गर्ने नवनियुक्त प्रशिक्षक अलमुताइरीले बताए ।

त्रिदेशीय कपको उपाधि जिताएका प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले प्रो–लाइसेन्सका लागि कतार पठाउने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope