काठमाडौं । सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुुनुुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ ।सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुुल सुवेदीलाई सुुनुुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिको आजको बैठकले उहाँहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी माग ग¥यो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुँुडालविरुद्धको उजुुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताउनुुभयो ।
प्रस्तावित न्यायाधीश सुुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुुराबारे बैठकलाई ध्यानाकर्षण गराउनुभयो । बैठकमा उजुुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिनुुभयो ।
रासस
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com