राजविराज । सप्तरीको तिलाठी कोइलारी गाउँपालिकामा गए राति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ६ निवासी सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताउनुभयो ।
कुन कारणले कसरी आगलागी भएको खुल्न नसकेको बताइएको छ । सो घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसमान गरी करिब रु छ लाख बराबरको समान नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो स्थानीयवासी, प्रहरी र हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रमा लिएको थियो । यस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घर अगाडि जम्मा गरिएको गहँु बाली जलेर नष्ट भएको छ । करिब दुई बिघा जमिनमा लगाइएको गहुँ बाली नष्ट भएको स्थानीयवासी शैलेश यादवले बताउनुभयो ।
(रासस)
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
