अज्ञात समूहले लगाएको ताला प्रहरीले तोड्यो


सिमकोट ।  हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मष्टादेव प्राविमा लगाइएको ताला प्रहरीले तोडेपछि पठनपाठन सञ्चालनमा आएको छ । बिदाको समयमा सबै कोठामा विद्यालयले ताला लगाएको भए पनि अज्ञात समूहले थप एक एक ताला लगाएको जनाइएको छ ।

गाउँटोल नजिकै भएकाले बेला बेलामा हेर्दा शनिबारसम्म ताला नलगाएको भए पनि शनिबार राति वा आइतबार बिहान कुन समयमा र कसले लगायो भन्ने जानकारी नहुँदा प्रहरीलाई खबर गरेको वडा नं २ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, शिक्षक र गल्फागाड प्रहरीचौकी श्रीनगरको टोलीको रोहवरमा ताला तोडिएको थियो ।    
(रासस)   


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope