काठमाडौँ । आइतबार नियन्त्रणमा लिइएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले काठमाडौं पठाउने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले उक्त भाले बाघलाई सदर चिडियाखाना, जाउलाखेलमा राख्नका लागि ठाकुरद्वाराबाट पठाउन लागिएको जानकारी दिएका हुन् ।
गैंडा गणनामा खटिएका एक कर्मचारी आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा हात्तीसारका पछुवा पुलिसराम थारूको बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।वन्यजन्तु प्राविधिकहरुले आइतबार राति नै उक्त बाघलाई पछ्याउँदै डार्ट गरेर नियन्त्रणमा लिएर खोरमा राखेका थिए ।
यसअघि पनि निकुञ्जले कात्तिकयता आइतबारसम्म पटक–पटक मान्छेलाई आक्रमण गर्ने ४ वटा बाघ नियन्त्रणमा लिएको थियो । गेरुवा गाउँपालिकाबाट दुई, मधुवन नगरपालिका र निकुञ्जभित्रैबाट एक÷एक वटा बाघलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकामध्ये बाँके निकुञ्जको खोरमा राखिएको एउटा बाघ खोर भत्काएर भागेको थियो । एउटा बाघ निकुञ्जको रम्मापुर र अर्को ठाकुरद्वारा खोरमा छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com