मान्म । कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा(हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो ।
लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर हाउडीको जङ्गलमा भेटिएको शुभकालिका गाउँपालिकाका–६ का वडाध्यक्ष कर्णबहादुर केसीले बताउनुभयो । “मानवीय गतिविधिका कारण पछिल्लो समय रेडपाण्डा निकै लोपोन्मुख अवस्थामा छ”, उहाँले भन्नुभयो ।
दुर्लभ जनावरका रुपमा रहेको रेडपाण्डालाई संरक्षण गर्ने नीति रहेको वडाध्यक्ष केसीले बताउनुभयो । “रेडपाण्डा संरक्षणको छुट्टै नीति गाउँपालिकाले बनाएको छ”, उहाँले भन्नुभयो, “चोरी शिकारीका कारणले रेडपाण्डा लोप हुँदै गएका छन् ।” हाल नेपालमा ५०० मात्रै रेडपाण्डा रहेकोमा त्यसमध्ये ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा छ ।
(रासस)

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com