पार्टी परिवर्तन गरेका ४ मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रको पत्र पठायो


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चार सांसदलाई पदबाट हटाउने निर्णय गरेको छ । केन्द्रले माओवादी पार्टीबाट निर्वाचित भएका प्रतिनिधिसभाका ४ साँसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको हो ।

चार सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परिवर्तन गरेकाले सांसद पदबाट हटाउन अध्यक्ष तथा दलका नेता पुष्पकलम दाहालले लेखेको पत्र माओवादीका प्रमुख सचेतक देव गुरुङले संसद् सचिवालयमा बुझाएका हुन् ।

उनिहरु चारै जना अहिले मन्त्री रहेका छन् । भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् । त्यस्तै रायमाझी उर्जामन्त्री हुन् भने शाह सहरी विकास मन्त्रालयको जिम्मेवारीमा र चौधरी श्रममन्त्री हुन् ।

उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् । राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको छ ।

त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् । संसद् अधिवेशन चालु रहेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope