बझाङ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्कीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फुटेको हो । परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो । पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्याङ्की फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताउनुभयो ।

अमिसा अस्पतालको लापर्वाहीका कारण सुन्दरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुन्दरीको खुट्टामा चोट लागेको थियो । थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापर्वाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “डाक्टरले आफ्नो श्रीमतीलाई सुई र स्लाइन लगाएर बाहिर गएको र पछि बिरामीको मृत्यु भइसकेपछि अस्पतालमा प्रवेश गरेकाले डाक्टरको लापर्वाहीले श्रीमतीको मृत्यु भएको बताउनुभयो ।
अस्पतालमा कार्यरत डाक्टर महेश शाहले बिरामीलाई सुई र स्लाइन दिएर बाहिर गएको र बिरामीको हेरविचारको लागि बीचमा आएर पल्सर जाँच गर्दा पल्सर मेन्टेन भएको थियो । पछि बिरामीको मृत्यु भएको जानकारी दिएका छन् । साथै बिरामीका आफन्तले डाक्टरलाई कारवाहीको माग गर्दै अस्पताल क्षेत्र घेराउ गरेका छन् ।
(रासस)
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com