श्रीलंका पुलिस स्पोर्टिङसँग बुधबार हुने प्रतियोगिताको लागी तयार छौं : त्रिभुवन आर्मी

२४ चैत्र २०७७, मंगलवार १४:३२

काठमाडौं । श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग बुधबार हुने प्रतियोगिताको लागी तयारी राम्रो रहेको त्रिभुवन आर्मी क्लवले बताएको छ । एएफसी कप २०२१ प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी क्लबले बुधबार श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ ।
दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुने खेलका लागि तयारी राम्रो रहेको आर्मीका कप्तान भरत खवासले बताए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि नतिजा आफूहरुको पक्षमा आउने विश्वास व्यक्त गरे । उनका अनुसार सुमन अर्याल र टेक बहादुर बस्नेत घाइते छन् । यद्यपि, सुमनले खेल्ने सम्भावना रहेको प्रशिक्षक अर्यालले बताए।
मंगलबार आयोजित प्रि म्याच कन्फ्रेन्समा श्रीलंका पुलिसका प्रशिक्षकले पनि टोलीमा तीनजना विदेशी खेलाडी रहेकाले नजिता राम्रो आउने आशा व्यक्त गरे । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.