कम्युनिस्ट आन्दोलनको एकता अझै जरुरी छ : दाहाल

२५ चैत्र २०७७, बुधबार १८:४८

काठमाडौँ । कर्णाली रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान र व्यवस्था बचाउनका निम्ती राजनीतिक दलहरूबीच समझदारी हुनुपर्ने बताएका छन् ।

बुधबार सल्यानमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै दाहालले कम्युनिस्ट एकताका साथै राजनीतिक दलहरूबीचको समझदारी जरुरी रहेको बताएका हुन् । उनले कम्युनिस्ट आन्दोलनको एकता अहिले पनि जरुरी रहेको र आफुहरुले गरेको एकता गल्ती गरेको नभएको भन्दै फेरि पनि कम्युनिस्ट आन्दोलनको एकता जरुरी रहेको कुरामा जोड दिए ।

मुलुकमा विभिन्न जालझेल रहेकाले जनता र राष्ट्रको पक्षमा शक्ति निर्माण गर्ने आफ्नो उद्देश्य रहेको दाहालको भनाइ थियो । त्यस्तै, दाहालले सर्वोच्च अदालतले फागुन २३ गते नेकपा नामसम्बन्धि विवादको फैसलामा भन्नै नहुने कुरा भनेको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले नेकपा नामको पार्टीमा ऋषि कट्टेलको हक लाग्ने भन्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.